13567राय
7m 1sलंबाई
92रेटिंग

"केरा बिक्रीका लागि कुनै समस्या छैन । मलाई क्यास चाहिन्छ । भाउ यति आइराछ, त्यो भन्दा १०-१५ पैसा बढि चाहिन्छ कोसामा भन्यो भने पनि व्यापारीले हानथाप गरेर लिन्छन् । खेतमै आएर अग्रीम लगानी पनि गरिदिन्छन् । " मेरो नाम हरिशरण पराजुली हो । चितवनको फसेर्नी गाउँमा हामीले केरा खेती गर्याछौं । करिव दस बर्ष अघिदेखि । हेर्नुस न यो पूरै हरियो भाको जति सबै हाम्रै केरा खेती हो । सुरुमा साना किसान सहकारीबाट १५ हजार रुपैयाँ ऋण लिएर ५-६ कठ्ठामा केरा खेती थाल्यौं । पछि राम्रै हुँदै गयो । अहिले दुई बिघामा लगाएका छौं । जागिर गरेर १०-१५ हजार खानु भन्दा केरा खेतीमै लगानी गरेर मेहनत गर्यो भने राम्रै कमाई हुने भएकाले म यसमै लागेको छु । केरा बिक्रीका लागि कुनै समस्या छैन । मलाइ क्यास चाहिन्छ । भाउ यति आइराछ, त्यो भन्दा १० -१५ पैसा बढि चाहिन्छ कोसामा भन्यो भने पनि व्यापारीले हानथाप गरेर लिन्छन् । खेतमै आएर अग्रीम लगानी पनि गरिदिन्छन् । केराले लगाएको एक बर्षमा फल दिन थाल्छ । एक पटक लगाएपछि पाँच बाली अर्थात पाँच बर्षसम्म केरा लगाइराख्नु पर्दैन । मल, सिँचाइ, गोडमेल र किटनाशक औषधी विचार पुर्याएर दिन सके केराको उत्पादनले मनग्गे फाइदा दिन्छ । लगानीका लागि ऋण लिन साना किसान सहकारी छदैछ ।