55565राय
7m 2sलंबाई
1563रेटिंग

नमस्कार म दिपेन्द्र अश्रुमाली फेरि आई पुगेको छु साथीडट कम युट्युब च्यानल मार्फत, तपाईहरुलाई केही कुरा सुनाउने र मैले बुझे अनुसारको कुराहरु शेर गर्नको लागि । आज चाहिँ मैले तपाईहरुको लागि जिरा खेती सम्बन्धिको कुरा लिएर आएको छु । जिरा खेती कस्तो माटोमा गर्न सकिन्छ ।यसको सम्भावना नेपालमा कतिको छ । यसबाट पैसा कमाउन सकिन्छ कि सकिदैन भन्ने कुराहरु बुझ्नको लागि पूरा भिडियो हेर्नुहोला भन्दै आजको बिसयबस्तु तिर लाग्न चाहान्छु । हरेकजसो कृषि उत्पादनको सम्भावना रहेको नेपालमा हुनुपर्ने जति र गर्नुपर्ने जति खेती नभएकै कारण आज सबैजसो कृषि उत्पादनहरूमा परनिर्भरता वढेको मात्र छैन, त्यस्ता उत्पादनहरूको खरिदका लागि वर्षेनि अर्बौं रूपियाँ विदेश पठाउनुपर्ने बाध्यता पनि छ। यो एकातिर हाम्रो सम्भावनाको दुरुपयोग हो भने अर्कातिर कृषि प्रधान देशको उपहास पनि हो। सम्भावना भएजति सबैको उत्पादन गर्ने हो भने थोरै वस्तुहरू मात्र आयात गर्नु र धेरै वस्तुको निर्यात गर्न सक्ने सम्भावनालाई हामीले नकार्न सकिँदैन। यद्यपि यी हरेक कुराहरुको सम्भावना हुदाहुदै पनि हामीले कुनै पनि बस्तुहरुलाई निर्यात त परको कुरा आफूलाई खानसम्म पुर्‍याउन सकिरहेको छैन। नेपालमा हरेक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने भनेर बर्सेनि अरबौंको बजेट छुट्याएर काम अगाडि बढाए पनि ती कुराहरु कागजमै मात्र सीमित छन्। यो ज्यादै दुःखदको कुरा हो। नेपालमा कृषि उत्पादनमा सम्भावना भएकामध्ये जिराखेती पनि एक हो। तर, यसलाई अहिलेसम्म न सरकारले प्राथमिकतामा राख्यो न यसतर्फ सम्बन्धित कृषकहरूनै लाग्न सके। परिणामस्वरूप आज वर्षेनि डेढ अर्बभन्दा धेरै मूल्यको जिरा भारतलगायतका अन्य तेस्रो मुलुकबाट नेपाल ल्याउनुपरिरहेको छ। आर्थिक वर्ष ०७३/ ०७४ मा ६ अर्ब ९५ करोड ९५ लाख रुपियाँ बराबरको चिया–कफी र मसलाजन्य वस्तुको आयात भएको थियो। जसमध्ये डेढ अर्बको जिरा मात्रै आयात भएको देखिन्छ। अहिले नेपाली बजारमा प्रतिकेजी जिराको ८ सय रुपियाँभन्दा धेरै पर्छ। र यसको आयात ४ वर्षयता दोब्बरले वृद्धि भएको तथ्यांकले देखाउँछ। हरेकजसो भान्सामा जिरा अनिवार्यझैं छ। कुनै न कुनै तरिकाले हामी यसको प्रयोग दैनिकरूपमा गरिरहेका हुन्छौं। तर, पनि नेपालमा यसको व्यावसायिक खेती गर्नतिर कसैले पनि खासै चासो राखेको देखिँदैन। राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले अनुसन्धान गरेअनुसार नेपालमा जिराखेतीको राम्रो सम्भावना छ। नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी, काभ्रे, मकवानपुर, दोलखा, सल्यान, रुकुम, मोरङ, कैलाली, कास्की, पाल्पालगायतका जिल्लाहरूमा यसको राम्रो उत्पादन गर्न सकिन्छ। जिरा खेतिमा व्यावसायिकता अपनाउन सक्ने हो भने प्रतिहेक्टर ६ सय केजीसम्म जिरा फलाउन सकिने अनुसन्धानले बताउँछ। यति धेरै सम्भावना भएर पनि जिराखेतीलाई व्यवसायिकरूपमा गर्न सकिएको छैन। यद्यपि केही कृषकले भने आफ्नो घरायसी प्रयोगका लागि मात्र भए पनि करेसाबारी र घरको वरिपरि यसको खेती गर्ने गरिएको पाइन्छ। जिराखेतीको विश्व इतिहास केलाउने हो भने यसको उत्पति इजिप्टको मिश्रमा भएको पाइन्छ। त्यहाँबाट शुरु भएको जिराखेतीले विश्वका प्रमुख व्यापारिक राष्ट्रहरू इरान, इराक, साउदी अरब, चीन, भारत, इन्डोनेसियालगायतले आफ्नो स्थान बलियो बनाएको छ। यी देशहरूमा यसको उत्पादन ठूलो मात्रामा हुने गरेको छ। यो अलि सुख्खा ठाउँ र उष्ण तथा समउष्ण हावापानी भएका भेगहरूमा उत्पादन गर्न सकिने मसलेबाली हो। नेपालमा जिराको खेती जात र ठाउँअनुसार फरक–फरक तरिकाले गर्न सकिने अध्ययनले देखाएको छ। नेपालका लागि सिफारिस गरिएका जिराको जातमध्ये आरजेड–१९, आरजेड–२०९, जीसी –१, जीसी–२ लगायत मुख्य छन्। यसले खेती गरिएको करिब ४ महिनामा उत्पादन दिइसक्छ। जिरा एक वर्षीय बाली हो। नेपालको माटोअनुसार प्रतिरोपनी १ केजी बीउ लगाएर खेती गर्ने हो भने यसले राम्रो उत्पादन दिने विज्ञहरू बताउँछन्। बीउ रोपिसकेपछि माटोको चिस्यानको अवस्था हेरेर नउम्रेसम्म नियमित पानी हालिरहनुपर्छ। २ हप्ता जति समयमा जिरा उम्रि सक्छ। यसको खेती गरिएको जग्गामा नियमितरूपमा गोडमेल गर्नुपर्छ र करिब १ हप्तामा सिँचाइ गर्नु आवश्यक छ। जिराको उपयोग मानव जीवनका लागि धेरै नै छ। यसलाई घरेलु औषधीय वस्तुको रूपमा पनि प्रयोग गर्न सकिन्छ। मसलाका लागि त यो राजा नै हो। यसको पातहरूको अचारका लागि प्रयोग गरिने त छँदै छ यसका अतिरिक्त रुघाखोकी, घाँटी दुखेको र आन्द्रा सुन्निएको अवस्थामा पनि जिराको प्रयोग गर्न सकिन्छ। राष्ट्रिय मसलाबाली विकास कार्यक्रमले पछिल्ला केही वर्षयता देशका केही जिल्लाहरूमा परीक्षणको रूपमा जिराखेती गरिरहेको छ। तर, यो नेपालको सम्भाव्यताका आधारमा ज्यादै न्यून उत्पादन हो। जिराखेतीतर्फ कृषकलाई अभिप्रेरित गराउने हो भने आगामि दिनहरूमा यसले नेपाली कृषकको आयस्रोत मात्र बढाउँदैन, जिरा खरिदकै लागि बाहिर पठाउने अर्बौं रुपियाँ स्वदेशमै वचत पनि गर्न सकिन्छ । जिरा उष्ण प्रदेशीत विरुवा हो यो उपोष्ण प्रदेशमा पनि राम्रो हुन्छ । जिरा उष्ण तथा उपोष्ण प्रदेशको शुष्क तथा अर्धशुष्क हावापानि मा लगाउन सकिन्छ । यो वालि हिउदमा रोपिन्छ ।र वढि हुस्सु लाग्ने ,तुसारो पर्ने तथा हिउदे वर्षा, वढीहुने स्थानमा जीरा लगाउन उपयुत्त हुदैन । फूलफूल्ने र दाना लाग्ने वेलामा शुष्क हावापानिले मदत पु¥याउछ । यदी वढी आद्रता भएमा ढुसीजन्य रोगले आक्रमण गर्दछ । चिसान नभएको सुख्खा जमिनमा यस्को खेती राम्रो नहुने हु“दा यसवालीको लागी सिचाई अति आवश्यक छ । पानी न जम्ने निकासको राम्रो प्रवन्ध भएको बलौटे दोमट माटो उपयुत्त मानिन्छ । जीरा खेति सधै एउटै स्थानमा लगाई राख्नु राम्रो हुदैन ।लगातार एउटै खेतबाट वाली लिदा सर्ने रोग मध्य ओईलाउने रोग लाग्ने बढी सम्भावना रहन्छ । १५ देखि २५ डि. तापक्रमा वीउ उम्रन र वोट वृधिको लागि उपयुत्तहुन्छ । फूलफूल्न र विउ पाक्नको लागि २०–३० डि.से. तापक्रम चाहिन्छ । समुद्र सतह देखि १००० मी उचाई सम्मका क्षेत्रहरुमा यस्को खेति सफलताका साथ गर्न सकिन्छ । त्यसैले हाम्रो नेपालमा पनि जिरा खेतिको राम्रो सम्भावना